चालु आर्थिक वर्षको ७ महिना साउनदेखि माघसम्ममा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ मुनाफा कमाएका छन् ।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा वाणिज्य बैंकहरुको औसत नाफा १.६२ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको माघ महिनासम्म बैंकहरुले ३५ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका थिए ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । यो बैंकले चालु वर्षको माघसम्म ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।









