आजदेखि लागु हुनेगरी चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन।
बैंकहरुले प्रकाशित गरेको नयाँ महिनाको ब्याजदर तालिका अनुसार यो महिना लागि केही बैंकले ब्याजदर बढाएका छन । केही बैंकले स्थिर राख्दा केही बैंकको ब्याजदर घटाएका छन।, व्यक्तिगत मुद्दती खाताका लागि भने ८ बैंकको ब्याजदर समायोजन भएको छ । त्यसमध्ये ५ वटा बैंकले ब्याजदर बढाएका छन भने ३ वटा बैंकको ब्याजदर घटेको छ ।









