परमेश्वर मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ब्क्भ्श् बागमती नदी किनार वातावरण सरसफाइ र निलो कार्बन पारिस्थितिक प्रणाली संरक्षणमा अग्रसर देखिएको छ ।
समुहले प्लाष्टिकजन्य फोहोर सङ्कलन र नागरिक चेतना अभिवृद्धि अभियान सञ्चालन गरेको छ । विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ब्क्भ्श् न्यूटन इन्टरनेसनल कलेजको सहकार्यमा मे २८ तारिखको दिन बागमती नदी किनारमा विश्वव्यापी निलो कार्बन पारिस्थितिक प्रणाली संरक्षण र वातावरण सरसफाइसँगै जनचेतनामूलक अभियान सञ्चालन गरिएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छलले बताए । अभियानमा निलो कार्बन(समुद्री पारिस्थितिक प्रणालीद्वारा भण्डारण र अवशोषित हुने कार्बन)को महत्वबारे जानकारी दिएका थियो ।
समुद्री प्लाष्टिकको करिब ८० प्रतिशत भाग जमिनबाट उत्पन्न भएको संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रम ग्ल्भ्ए ले जनाएको छ । प्लाष्टिकजन्य फोहोरहरू जमिनबाट समुद्रमा बग्ने प्रक्रियालाई रोक्न अभियान सञ्चालन गरेको हो । कार्यक्रममा १३० जना सहभागी भएका थिए ।न्युटन इन्टरनेसनल कलेजबाट सुरु गरेर नारायणटार पुलहुदैँ शिब चोकसम्म फैलिएको करिब २ किलोमिटर क्षेत्रमा सरसफाइ गतिविधि सञ्चालन गरे । कार्यक्रम स्थलमा प्यानल प्रदर्शनी पनि आयोजना गरिएको थियो । नागरिकहरूलाई निलो कार्बन र समुद्री पारिस्थितिक प्रणाली संरक्षणको महत्वबारे जानकारी गराए ।
“निलो कार्बन पारिस्थितिक प्रणालीको संरक्षण गर्नु भावी पुस्ताका लागि एउटा महत्वपूर्ण कार्य भएको ब्क्भ्श् का एक प्रतिनिधिको भनाई थियो ।
“स्थानीय समुदायको सदस्यको रूपमा टोललाई अझ सफा बनाउन योगदान पुरÞ्याउने इच्छा भएकोले कार्यक्रममा सहभागी भएको कलेजका विद्यार्थी सन्तोषी(२२)ले बताए । न्युटन इन्टरनेसनल कलेजको तर्फबाट ब्क्भ्श् को कार्यको उच्च कदर गर्दै प्रशंशा–पत्र पनि हस्तान्तरण गरिएको थियो।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष तथा नगर प्रवक्ता नारायण बहादुर सुवदीले पनि “निलो कार्वन सम्बन्धीको समस्या समाधनको निम्ति ब्क्भ्श् ले सानो तहबाट भएपनि प्रयत्न गरेमा विश्वव्यापीरूपमा फैलदै गइरहेको समस्या समाधान गर्न सकिने बताए । नेपालमा पनि आसेजले विभिन्न गतिविधिहरू सञ्चालन गर्दैआएको छ ।
सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं












