Advertisement

कपनमा १,८९१ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

सोमबार कपनमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार चाडको प्रेम, जीवन बचाउने प्रेम १,८९१ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २५० जनाको सहभागितामध्ये १०० जनाले रक्तदान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा जेष्ठ संसद माननीय अर्जुन नरसिंह के.सी, बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, कलाकार बुद्धि तामाङ,लेखक तथा कलाकार गणेश शाही,Subisu internet private limited RF operation department head गोपीराज धमला,राष्ट्रिय खेलाडीहरु र पत्रकारहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अरु भन्दा पनि असल कार्यहरु गर्नेलाई मान्यता दिने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा जेष्ठ संसद माननीय अर्जुन नरसिंह के.सीको भनाई थियो । त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले जीवन एकदमै छोटो भएकाले असल कार्यहरु गरेर संसारबाट बिदा लिनुपर्ने बताए । असल कार्यहरु परमेश्वरको मण्डलीले गरिरहेको उनको भनाई थियो । उनले परमेश्वरको मण्डलीको खुलेर प्रशंसा गरे ।
नयाँ करार निस्तार चाडचाहिँ येशूज्यूले क्रूसको बलिदानद्वारा मानवजातिलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको चाड भएको मण्डलीका एक अधिकारीले बताए । ख्रीष्टले देखाएको जीवन बचाउने प्रेमको अनुकरण गर्नका लागि रगतदान कार्यक्रम आयोजना गरेको जानकारी दिए । कार्यक्रमले रोग तथा दुर्घटनाका कारण समस्यामा परेका बिरामीहरूलाई बचाउनका साथै रक्तदानको संस्कृति फैलाउन योगदान पु्याउने आयोजकको विश्वास छ । मण्डलीले सन् २००५ कोरियाबाट सुरु गरेर गत २० वर्षदेखि ६७ वटा देशहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा लगभग ३,१०,००० जना सहभागी भएका छन र १,३४,००० जनाले रक्तदान गरे । सन् २०२५ सम्म १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सक्ने कुरालाई विचार गर्दा अहिले करिब ४,०२,००० जनाको अमूल्य जीवन बचाउन सफल उपलब्धि मानिन्छ ।

ख्रीष्टको प्रेमको उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले छिमेकी तथा समाजको भलाइको निम्ति विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । नेपालमा पनि मण्डलीले भूकम्पले क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार, नयाँ विद्यालय भवन निर्माण सहयोग,रक्तदान कार्यक्रम,वातावरण सरसफाइ लगायत विभिन्न स्वयंसेवाका गतिविधिहरू सञ्चालन गर्दैआएको छ । मण्डलीले काठमाडौँ,ललितपुर,भरतपुर र नेपालगञ्ज क्षेत्रका वन,खोला तथा सहरहरूमा सरसफाइ गतिविधिहरू गर्दै आएको छ । मण्डलीले नेपालभरि करिब १,१५० वटा वृक्षहरू रोपेको छ । नेपालमा गत डिसेम्बर महिनासम्म ५४,१५३ जनाले ९८९ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन ।
विश्वका १७५ वटा देशका ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापित परमेश्वरको मण्डलीले बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ ।