Advertisement

विकास खर्चमा कमजोर

सरकार विकास खर्चमा पुनः कमजोर भएको छ ।
बजेट निर्माणका हरेक चरणमा प्रमुख मुद्दा बन्ने गरेको विकास खर्चलाई गति दिन नसक्दा चालु आर्थिक वर्ष २०८१/८२ आठ महिना बितिसक्दा विकास खर्च २३.३७ प्रतिशतमात्र पुगेको छ ।कुल ३ खर्ब ५२ हर्ब ३५ करोड रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको सरकारले फागुन मसान्तसम्म ८२ अर्ब ३३ करोडमात्र विकास खर्च गर्न सकेको छ । लक्ष्य अनुसार विकास खर्च गर्न अब सरकारले बाँकी चार महिना अवधिमा २ खर्ब ७० अर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।अर्थात हरेक महिना ६७ अर्ब ५० करोड रुपैयाँका दरले विकास खर्च हुनुपर्छ । यसका लागि प्रतिदिन २ अर्ब २५ करोड रुपैयाँका दरले विकास खर्च भएको हुनुपर्छ ।