आज बिहान भिरबाट लडेर जुम्लाको तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको छ ।
दाउरा काट्न जङ्गल गएका निजको लडेर मृत्यु भएको वडाका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए । अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।









