Advertisement

नेप्से परिसूचक २०.६८ अंकले घट्यो

आज नेप्से परिसूचक २०.६८ अंक घटेको छ।

सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको छ । सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ ।कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको कारोबार भयो ।