चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन ।
भोलिदेखि लागू हुनेगरी सार्वजनिक ब्याजदर अनुसार २० मध्ये १७ वटा वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन। चैतमा वाणिज्य बैंकहरूको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ औसतमा ५ दशमलव ९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६ दशमलव ०१ थियो ।









