सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको घोषणा गरेका हुन्। रोजगारीको ढोका खोल्ने भन्दै श्रम मन्त्रालयले रोजगार प्रवर्द्धन दशक घोषणा गरेको हो।उक्त घोषणा कार्यक्रममा श्रम मन्त्रालय र विभिन्न रोजगारदाता निकायबिच समझदारी पत्रमा हस्तान्तर गरिएको छ। आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाको आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमको समेत शुभारम्भ भएको छ ।
समझदारी पत्रमा हस्ताक्षरले आन्तरिक रोजगारको ढोका खुलेको श्रम मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीलाई साक्षी राखेर रोजगारदाता निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।









