Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर खरिदका लागि जेठ १९ गतेसम्म आवेदन दिन सकिने

बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको सन नेपाल लाइफ इन्स्योरेन्समा जेठ १९ गतेसम्म आवेदन दिन सकिने छ ।
इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।