Advertisement

सूर्यकुण्डको आईपीओमा मागभन्दा ४१ गुणा बढी आवेदन

सूर्यकुण्डको आईपीओमा मागभन्दा ४१ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पछिल्लो तथ्याङ्क अनुसार मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा मागभन्दा ४१.०६ गुणा बढी आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेकोमा २० लाख ४९ हजार २८५ जना आवेदकले कुल २ करोड ३५ लाख ४ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन । मागभन्दा अत्यधिक बढी आवेदन परेका कारण यो शेयर गोला प्रथा बाट मात्र बाँडफाँट हुने निश्चित भएको छ। गोला प्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी ५७ हजार २४३ जना आवेदकले मात्र १०–१० कित्ताका दरले शेयर हात पार्नेछन भने बाँकी झण्डै २० लाख आवेदकको हात खाली हुने भएको छ ।