आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ ।
आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य आज घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घट्यो












