Advertisement

रिज लाइन इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

रिज लाइन इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा २८ हजार ४४० कित्ता शेयर कर्मचारीहरुका लागि र ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन ४ गते हुनेछ भने ढिलोमा फागुन १३ गते हुनेछ।