Advertisement

शेयर बजार १९.३० अंकले बढ्यो

लगातार ६ दिन घटेको शेयर बजार आज १९ दशमलव ३० अंकले बढेर २ हजार ६ सय २८ दशमलव ३६ विन्दुमा पुगेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ८ अर्बको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ६२ लाख कित्ता शेयर ७ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज होटल बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर झन्डै २ प्रतिशतले उकालो लागेको छ । यस्तै बैंक, निर्जीवन बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले बढेको छ ।