Advertisement

शेयर बजार १४.८७ अंकले घट्यो

शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८७ अंकले घटेर २ हजार ६ सय ३४ दशमलव २३ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको आइतवार १० अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड १८ लाख कित्ता शेयर ९ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज विकास बैंक, जीवन बीमा र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा होटल र व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।