आज शेयर बजार परिसूचक नेप्से १२ दशमलव ०४ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ६४ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ६५ रुपैयाँमा किनबेच भएको छ ।
आज फाइनान्स,जलविद्युत,जीवन बीमा,उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ प्रतिशत र अन्य समूहको शेयर १ दशमलव ८१ प्रतिशतले ओरालो लागेको छ ।
शेयर बजार १२.४ अंकले घट्यो










