नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ १३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८० रूपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६४ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८३ पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४ रूपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५२ पैसा र बिक्रीदर २० रूपैयाँ ६१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रूपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रूपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रूपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३२ पैसा रहेको छ ।
यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।(रासस)










