नयाँ गभर्नर नियुक्तिपछिको पहिलो दिन शेयर बजारम गिरावाट आएको छ ।
नेप्से ७ दशमलव ९४ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ५१ विन्दुमा झरेको छ । नेप्से दिउँसो ११ बजेर ३ मिनेटमा २ हजार ७ सय ७१ विन्दुसम्म पुगेको भए पनि टिक्न सकेन ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ३ सय १६ वटा कम्पनीका २ करोड ३० लाख कित्ता शेयर १० अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।
नयाँ गभर्नर नियुक्तिपछिको पहिलो दिन शेयर बजारमा गिरावाट










