Advertisement

आज तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

आज तेह्रथुप पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ जेठ ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन ।कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।