शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ७९ अंकले घटेर २ हजार ६०९ दशमलव ०५ विन्दुमा झरेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३०९ वटा कम्पनीका १ करोड ६९ लाख कित्ता शेयर ८ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएको छ ।
आज होटल, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार र विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
शेयर बजार २.७९ अंकले घट्यो










