आज सेयर बजारको परिसूचक नेप्से ५.२१ अंकले घटेको छ । नेप्से परिसूचक घटेपछि २६७४ मा कायम भएको छ ।
बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ६० करोडको कारोबार भएकोमा आज ७ अर्ब ५८ करोडको भयो । ९२ कम्पनीको मूल््य बढ्दा १५५ को घट्यो । बैंकिङ ०.१७ र उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशत बढे । यी दुई बाहेक सबै सेक्टर घटे । विकास बैंक ०.२७, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.९१, हाइड्रोपावर ०.०६, लगानी ०.१५, जीवन बीमा ०.२०, माइक्रोफाइनान्स १.५०, अन्य ०.४८ तथा निर्जीवन बीमा ०.३२ प्रतिशत घटे ।
सेयर बजार ५.२१ अंकले घट्यो










