सोमबार नेप्से परिसूचक २१.७६ अंक बढेर २८९२.७२ विन्दुमा पुगेको छ।
त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ४.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक बढेको छ।नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। आइतबार करिब साढे २१ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख ३८ हजार ८२८ पटकको कारोबारमा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ५६ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सेयर बजार २१.७६ अंकले बढ्यो










