Advertisement

सेयर बजार २१.२६ अंकले घट्यो

आइतबार सेयर बजार २१.६३ अंकले घटेको सेयर बजार २७१४।८५ बिन्दुमा झरेर रोकिएको छ ।आइतबार ०.७९ प्रतिशतले बजार घटेको हो । कुल ३ सय १६ धितोपत्रको ७९ हजार ३१ कारोबार भएको छ । कुल १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ । आइतबार व्यापार उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ ।