Advertisement

सूर्यकुण्डको आईपीओमा पहिलो दिनमै मागभन्दा १०.९२ गुणा बढी आवेदन

सूर्यकुण्डको आईपीओमा पहिलो दिनमै मागभन्दा १०.९२ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आज साँझ ५ : ०५ बजेसम्मको आधिकारिक तथ्याङ्क अनुसार ५ लाख ३६ हजार ८४६ जना आवेदकले कुल ६२ लाख ५४ हजार २२० कित्ताका लागि आवेदन दिइसकेका छन । कम्पनीले सर्वसाधारणका लागि कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर मात्र निष्कासन गरेकोमा पहिलो दिनको कार्यालय समय सकिँदासम्म नै मागभन्दा १०.९२ गुणा बढी आवेदन परिसकेको छ। यसरी पहिलो दिनमै मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओमा अब गोला प्रथाबाट मात्र शेयर बाँडफाँट हुने निश्चित भएको छ।आज बिहान मेरो शेयरको प्रणालीमा देखिएको प्राविधिक त्रुटिका कारण सिर्जना भएको अन्योलका बाबजुद लगानीकर्ताहरूले यस आईपीओमा उल्लेख्य सहभागिता जनाएका हुन । बिहान प्रतिकित्ता १०० रुपैयाँ हुनुपर्ने मूल्य झुक्किएर १० रुपैयाँ मात्र देखिँदा १ लाख ५१ हजार ८२० जनाले आवेदन दिएका थिए।