Advertisement

सेयर बजार भोलीदेखि खुल्ने

सेयर बजार भोलीदेखि खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले भोलीदेखि बजार सञ्चालन गर्ने भएको हो । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ । भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेदेखि बजार बन्द गरिएको थियो ।