गत बिहीबार ६ प्रतिशतले घटेर बन्द भएको नेप्से आज १११.७० अंकले बढेको छ ।
आइतबार नेप्से परिसूचक २६२३.६२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १९.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.२५ अंक बढेको छ।नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। जेनजी आन्दोलन अघि दैनिक औषतमा ५ अर्बको कारोबार भइरहेको बजारमा यस दिन ३२९ स्टकको १ लाख ८ हजार ९०८ पटकको कारोबारमा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँबराबरको २ करोड ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
साताको पहिलो दिन नेप्से १११.७० अंकले बढ्यो










