Advertisement

साताको दोस्रो दिन सेयर बजार ३३.०९ अंकले घट्यो

साताको दोस्रो दिन सोमबार सेयर बजार ३३.०९ अंक घटेको छ ।
बजारमा गिरावटपछि नेप्से २७२५ मा कायम भएको छ ।सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडको भयो । ५० कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो । हाइड्रोपावरबाहेक सबै समूहका सूचक घटेका छन । हाइड्रोपावर ०.१५ प्रतिशत बढ्यो ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, एनआईसी एसिया बैंक र साहस ऊर्जाको धेरै कारोबार भएको छ ।