Advertisement

शेयर बजार ३४.६१ अंकले बढ्यो

शेयर बजार परिसूचक नेप्से ३४ दशमलव ६१ अंकले बढेर २ हजार ७ सय ९४ दशमलव ७८ विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ९ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ सय ३० वटा कम्पनीका ४ करोड ३१ लाख कित्ता शेयर १४ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज यो समूहको शेयर ३ दशमलव ८६ प्रतिशतले उकालो लागेको छ ।
आज कुमारी बैंकको डिबेन्चर र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अंकले बढेको दिन माई खोला हाइड्रोपार कम्पनीको शेयर भने झन्डै ८ प्रतिशतले घटेको छ ।