Advertisement

शेयर बजार २४.७६ अंकले घट्यो

आज शेयर बजार परिसूचक नेप्से २४.७६ अंकले घटेर २ हजार ६ सय २८ दशमलव ९१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, जलविद्युत उत्पादन, लघुवित्त, अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड ९४ लाख कित्ता शेयर ११ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।