Advertisement

शेयर बजारमा हरियाली

बुधबार शेयर बजार परिसूचक नेप्से अ ६२ दशमलव २५ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ६९ विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ३ सय ८ वटा कम्पनीका २ करोड ७२ लाख कित्ता शेयर १० अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ । सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर झन्डै साढे ५ प्रतिशत, जलविद्युत् समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।