नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद जारी गदैछ ।
कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्याउनको लागि २०८२ माघ मसान्त सम्मको समय दिएको छ । बीमा प्राधिकरणले तोकेको पूँजीको सीमा एवं कम्पनीको व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा कम्पनीको उपस्थिति बढाउन कम्पनीको चुक्ता पूँजी २६ अर्ब भन्दा बढी कायम गर्नु पर्ने भन्ने व्यवस्थापनको सुझाव समेतलाई मध्यनजर गर्दै शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
नेपाल सरकार अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका शेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर जारी गरी पूँजी बृद्धि गर्ने र त्यस प्रयोजनकोलागि कम्पनी ऐन २०६३ को दफा ५६ ९१० र दफा ८३ ९क० अनुसार आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय गरिएको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले अर्थ मन्त्रालयको स्वीकृति लिई यस सम्बन्धि प्रस्ताव आगामी साधारणस भामा पेश गर्ने निर्णय गरेको हो ।
शतप्रतिशत हकप्रद जारी गर्दै नेपाल पुनर्बीमा कम्पनी










