Advertisement

रिलायन्सको आईपीओ नरोक्न अदालतको आदेश

नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष नरेन्द्रकुमार रानाले गत वर्ष असारमा रोकेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोक्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
धितोपत्र बोर्डको निर्णय र बिक्री प्रबन्धकलाई लेखेको पत्र विपरित रिलायन्सले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । कम्पनीले गत बैशाख ११ गते दायर गरेको रिटमा उच्च अदालत पाटनको मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले ‘पत्र कार्यान्वयन नगर्नु नगराउनु’ भनी अन्तरिम आदेश दिएको हो ।