Advertisement

यो साता सेयर बजार ४ प्रतिशतले बढ्यो

यो साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको छ ।
गत साता २८७०.६३ विन्दुमा बन्द भएको नेप्से, यो साता ३.९० प्रतिशत अर्थात ११२.०१ अंक बढेर २९८२.६४ विन्दुमा पुगेको छ । यो साता ५ कारोबारका दिन लागि खुलेको बजारमा पाँचै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।यस साता सेन्सेटिभ इण्डेक्स १६.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.४७ अंक बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ११ अर्ब ९३ करोडको शेयर खरिदबिक्री भएकोमा यस साता दैनिक औषतमा १९ अर्ब १९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ६०.८८ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या ३२.५८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ६६.१३ प्रतिशत बढेको छ।