यो साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ।
गत साता २५९५.७४ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.१७ प्रतिशत अर्थात १०८.२२ अंक बढेर २७०३.९६ विन्दुमा पुगेको छ।यो साता ५ कारोबार भएकोमा पाँचै कारोबारका दिन नेप्से बढेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स २०.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ८.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.७८ अंक बढेको छ । नेप्सेसँगै साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब २ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ९९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.७४ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या १७.८० प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १०.४४ प्रतिशत बढेको छ।
यो साता नेप्से कस्तो रह्यो त ?










