मौद्रिक नीतिपछिको पहिलो कारोबार शेयर बजारमा उत्साह देखिएको छ ।
आज शेयर बजार परिसूचक नेप्से २९ अङ्कले बढेर २ हजार ७ सय ६० दशमलव ८० विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका ३ करोड २५ लाख कित्ता शेयर ११ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।
जलविद्युत, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको शेयर ३ दशमलव ५० प्रतिशत र बैंकिङ समूहको शेयर ३ दशमलव ३७ प्रतिशतले उकालो लागेको छ ।
मौद्रिक नीतिपछि शेयर बजारमा उत्साह










