Advertisement

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको हकप्रद शेयरमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ।बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन ।