आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन ।
जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन










