Advertisement

खानी खोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिन अवधि थप गरेको छ।
कम्पनीको १०० प्रतिशत हकप्रद शेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गरेका छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ।