आज बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आज बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने अन्तिम दिन









