जेनजी आन्दोलनका कारण भदौ २४ गतेदेखि बन्द भएको शेयर बजार आजदेखि खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार दिएको निर्देशन बमोजिम नेप्सेले कारोबार खुलाउन लागेको हो । भदौ २३ गतेको जेनजी आन्दोलन चर्किएसँगै भदौ २४ देखि शेयर कारोबार बन्द थियो । भदौ २४ गते कफ्र्यू बीच पनि ठूलो आन्दोलन भएपछि असोज २ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय भएको थियो । तर गत आइतबारदेखि जनजीवन सामान्य अवस्थामा फर्किएसँगै शेयर कारोबार खुलाउन दबाब परेको थियो ।
नेप्सेले असोज १ गतेबाट कारोबार खुलाउने गृहकार्य गरेको भए पनि जेनजी आन्दोलनका शहीदहरुको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेपछि सेबोनले असोज २ गतेबाट कारोबार खोल्न नेप्सेलाई निर्देशन दिएको थियो ।
आजदेखि शेयर बजार खुल्दै










