Advertisement

अर्थ मन्त्रालयमा राष्ट्र बैंकले बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन

बुधबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन बुझाएको छ ।
नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा। निलम ढुंगाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाएको मन्त्रालयले जनाएको छ । तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको बताए । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग र्पुयाउने जानकारी दिए ।