Advertisement

शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ।