Advertisement

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आजसम्म आवेदन दिन सकिने

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले भदौ ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।