आज खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ।
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ असार २७ गते बुकक्लोज गर्दैछ।आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा अवेदन दिने आज अन्तिम दिन










