साउन ६ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।अर्थात इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ३० गते बुकक्लोज गरेको थियो। जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।
साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै नेपाल इन्स्योरेन्स










