Advertisement

नेप्से १०.९८ अंकले बढ्यो

शेयर बजार परिसूचक नेप्से आज १०.९८ अंकले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ ।
आज कारोबार रकम भने हिजोको तुलनामा केही घटेको छ । हिजो नौ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय ११ वटा कम्पनीका दुई करोड ४९ लाख कित्ता शेयर नौ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ । बाँकी समूहको शेयर बढेकोमा फाइनान्स उपसमूहको शेयर ४ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल फाइनान्स समुहको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।