Advertisement

नेप्सेमा गिरावाट

सोमबार पनि नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा बन्द भएको छ।
गत साताको सोमबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।आइतबार नौ अर्ब २४ करोडको कारोबार भएकोमा सोमबार सात अर्ब ६३ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ६१ करोड रूपैयाँ कमी आएको हो।आज ३१९ वटा धितोपत्रको एक करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच भएको हो।सोमबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै एक कम्पनी स्थिर रहेको छ।