नेपाल धितोपत्र बोर्डले सागर डिस्टिलरीलाई आईपीओ निष्कासन गर्ने स्वीकृती दिएको छ । स्वीकृती पाएसँगै अब कम्पनीले सर्बसाधारणका लागि १४ करोड ५२ लाख रूपैया बराबरको १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीले आफ्नो पुँजीको २० प्रतिशत सर्वसाधारणमा आइपीओ रु १०० अंकित दरमा जारी गर्न लागेको हो। बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । उत्पादन तथा प्रशोधन समूहको यस कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ लगायत ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
सागर डिस्टिलरीको आइपीओ स्वीकृत









