आजदेखि एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ।
हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १६ गते बुकक्लोज गरेको थियो। जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन । इन्स्योरेन्सको हकप्रद शेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ।
आजदेखि एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सकिने










