Advertisement

संसद विघटनप्रति नेपाल बारको आपत्ति

जेनजीको अन्दोलनपछि संसद विघटन भएको छ ।
संसद विघटनप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । गएराति नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि एक विज्ञप्ति जारी गर्दै बारले उक्त कदम असंवैधानिक भएको जनाएको हो । बारले उक्त निर्णयको भत्र्सना समेत गरेको छ । बारले राष्ट्रपतिको उक्त कदम स्वेच्छाचारी र असंवैधानिकका साथै कानूनी शासन,संवैधानिक सर्वोच्चता तथा संविधानवादको विपरित रहेको उल्लेख गरेको छ ।